काठमाण्डु, १ माघ – नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार मंगलबार अमेरिकी डलरसँगै रियाल, रिंगिट, दिर्हाम लगायत सबै विदेशी मुद्राको भाउ बढेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ २० पैसा र बिक्रीदर ११३ रुपैयाँ ८० पैसा रहेको छ । आज मंगलबार साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा तोकिएको छ ।
यस्तै युएई दिर्हामको भाउ मंगलबार एकको खरिददर ३० रुपैयाँ ८२ पैसा र बिक्रीदर ३० रुपैयाँ ९८ पैसा तोकिएको छ । सोमबारको तुलनामा मंगलबार मलेसियन रिंगिटको भाउ पनि केही पैसाले बढेको छ ।
मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ६१ पैसा र बिक्रीदर २७ रुपैयाँ ७६ पैसा तोकिएको छ । आज मंगलबार भाउ बढेर कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ६३ पैसा भएको छ ।
यस्तै बहराइन दिनारको एकको खरिददर ३०० रुपैयाँ २५ पैसा तथा बिक्रीदर ३०१ रुपैयाँ ८५ पैसा तोकिएको छ । कोरियन वन एकसयको खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा तोकिएको छ ।