दाङको बारखुटीमा भीषण आगलागी, २ सय कुखुरा जले

काठमाण्डु टुडे २०७५ पुष २२ गते ११:३३ मा प्रकाशित

लमही, २२ पुस – दाङको राप्ती गाउँपालिका–२ बारखुटीको एक घरमा आगलागी हुँदा करीब ६ लाख बराबरको क्षति भएको छ । आज बिहान ५ बजेतिर देवी कुमालको खरले छाएको एकतले घरमा विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आगलागी हुँदा घर तथा घरमा रहेका सम्पूर्ण मालसामान पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।

उनका अनुसार घरमा पालिएका २०० कुखुरा जलेर नष्ट भएका छन् । इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोली, स्थानीयवासीले आगलागी नियन्त्रणमा लिएका हुन् । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us