पाँच हजार घुससहित घरेलुका २ जना कर्मचारी पक्राउ

काठमाण्डु टुडे २०७५ पुष १८ गते १७:३१ मा प्रकाशित

काठमाण्डु, १८ पुस – घरेलु तथा साना उद्योग कार्यालय, काठमाण्डुका प्रमुख प्रशिक्षक सरिफा पन्तसहित दुईजना पाँच हजार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिएको टोलीले सेवाग्राहीसँग घुस रकम लिएको सूचनाका अधारमा पन्त र अर्का एकजना विचौलिया खगेन्द्र बोहोरालाई पक्राउ गरेको हो ।

पन्तले सोही कार्यालयमा विचौलियाको काम गर्ने खगेन्द्रले काम गराइदिने भन्दै सेवाग्राहीबाट घुस लिएको अख्तियारले जनाएको छ । उनीहरूले घरेलु उद्योग दर्ताको लागि घरधनीको नागरिकता प्रमाणपत्र नरहेकोले लाहाछाप लगाउने उद्योगको अनुमति दिन नमिल्ने भन्दै स्रवाग्राहीबाट घुस लिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us