आफूलाई घाटा हुने भएपछि खनालपत्नीले गुहारिन् संसदीय समिति

काठमाण्डु टुडे २०७१ पुष १६ गते १:५४ मा प्रकाशित

काठमाण्डु, १६ पुस– पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रवीलक्ष्मी चित्रकारले ‘व्यक्तिगत लाभ’ लिएर ज्ञान हर्वल प्रोसेसिङ प्रालिलाई लौठसल्लाको पात संकलन अनुमति दिएको भन्दै बन मन्त्रालयको निर्णय बदर गराउन संसदीय समिति गुहारेकी छिन् ।

आफू अध्यक्ष रहेको माछापुच्छ्रे हर्वल कम्पनी र नेचुरल फ्लावर हन्ड हर्वल कम्पनीमै लौठसल्लाको पात अभाव भइ संकट भएका बेला विना प्रतिस्प्रर्धा र सरोकारवालासँग सल्लाह नगरी एकलौटी निर्णय गरेको भन्दै चित्रकारले वातावरण संरक्षण समिति गुहारेकी हुन् ।

लौठसल्लाको पात प्रशोधन गरी ‘ट्याक्सोल’ नामको रासायनिक पदार्थ उत्पादन गरिन्छ, जुन क्यान्सर निदानमा उपयोग हुन्छ । जानकारका अनुसार एक मिलिग्राम ट्याक्सोलको झन्डै ६ हजार रुपैयाँ बजार मूल्य छ ।

वैज्ञानिकहरुका अनुसार एक क्यान्सर पीडितलाई दुई ग्राम ट्याक्सोल आवश्यक पर्छ । उत्पादित ट्याक्सोल अमेरिका, चीनलगायत मुलुकमा निकासी हुन्छ ।

केही महिनाअघि बनमन्त्री महेश आर्चायले केएल दुगड समूहअन्र्तगतको ज्ञान हर्वललाई लौठसल्लाको पात संकलनको अनुमति दिएका दिए । त्यसमा चलखेल भएको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत मन्त्रालयबाट फायल मागेर अनुसन्धान अघि बढाइरहेका बेला खनालपत्नी चित्रकारले समितिको ध्यानाकर्षण गराएकी हुन् ।

कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us