समाजवादको आधार तयार पारेर मात्र विश्राम लिन्छुः प्रचण्ड

काठमाण्डु टुडे २०८२ वैशाख २० गते १४:२४ मा प्रकाशित

काठमाण्डू, २० वैशाख– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू समाजवादको आधार तयार पारेर मात्र विश्राम लिने बताएका छन् ।

पार्टीको दक्षिणकाली नगर समितिको चौथो सम्मेनलाई शनिबार सम्बोधन गर्दै उनले आफ्नो राजनीतिक जीवनको अन्तिम ध्येय समाजवादको संरचना तयार पार्नु रहेको बताए ।
हालै सम्पन्न हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस अभियानले पार्टीभित्र नयाँ ऊर्जा भरेको उनको भनाइ थियो । संगठन सुदृढ गर्नुपर्ने आवश्यकतामा जोड दिँदै प्रचण्डले कार्यकर्तालाई एकताबद्ध भएर काम गर्न निर्देशन दिए ।

संविधानले सुनिश्चित गरेका अधिकारहरू कार्यान्वयन गर्दै सामाजिक न्याय, सुशासन र आर्थिक समावेशिताको दिशा समात्न सबैले फेरि एकपटक दृढतापूर्वक अघि बढ्नुपर्ने बेला आएको भन्दै उनले यो उमेरमा पनि आफू नयाँ युग निर्माणको नेतृत्व गर्न तयार रहेको प्रतिबद्धता जनाए ।
जबसम्म परिवर्तनका आधारहरू मजबुत हुँदैनन् तबसम्म विश्राम लिने पक्षमा नरहका उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us