नागढुंगा–नौबिसे सडकमा आंशिक रुपमा सवारी बन्द

काठमाण्डु टुडे २०८२ वैशाख २० गते १४:०७ मा प्रकाशित

काठमाण्डू, २० वैशाख– त्रिभुवन राजमार्गअन्तर्गत नागढुंगा–नौबिसे सडकखण्डमा केही समयका लागि आंशिक रुपमा सवारी साधनको आउजाउ बन्द हुने भएको छ ।

नागढुंगा–मुग्लिन सडक आयोजनाले जनाएअनुसार, सडक निर्माण कार्यका लागि वैशाख ३१ गतेसम्म प्रत्येक रात ११ बजेदेखि बिहान ३ बजेसम्म सवारीसाधन रोकिनेछ ।
निर्माण कार्य सहज रूपमा सञ्चालन गर्नुपर्ने भएकाले काठमाण्डूबाट बाहिरिने हलुका तथा भारी सवारीसाधनलाई नागढुंगा चेकपोष्ट र नौबिसेतर्फबाट काठमाण्डू आउँदै गरेको सवारीलाई खत्रिपौवा पुलमा रोकिएने छ ।

साना तथा मध्यम सवारीसाधनका लागि वैकल्पिक मार्ग प्रयोग गर्न भनिएको छ । सीतापाइला–भिमढुंगा–रामकोट–धार्के मार्ग, वा सामाखुसी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशूली–गल्छी हुँदै वैकल्पिक बाटो प्रयोग गर्न आयोजनाले आग्रह गरेको छ ।

यद्यपि एम्बुलेन्स, शवबाहन, पानी र दूध ढुवानी तथा सुरक्षा निकायका सवारी साधन सञ्चालनमा भने कुनै अवरोध नहुने जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us