
काठमाण्डु, १४ पुस– गत महिना काठमाण्डुमा सम्पन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ‘सार्क’को शिखर सम्मेलनका लागि सरकारले २ अर्ब २ करोड ९७ लाख २० हजार रुपैयाँ खर्च गरेको छ ।
अर्थ मन्त्रालयले त्यसमध्ये अहिलेसम्म १ अर्ब ८१ करोड ३८ लाख ७१ हजार रुपैयाँ निकासा दिइसकेको छ । मन्त्रालयका प्रवक्ता कृष्ण देवकोटाका अनुसार २१ करोड ५८ लाख ४९ हजार रुपैयाँ भने निकासाको क्रममा छ ।
‘सरकारले सार्कका लागि जम्मा डेढ अर्ब रुपैयाँ मात्र बजेट विनियोजन गरेको थियो । लसम्बन्धित मन्त्रालयको नियमित बजेटसहित २ अर्ब २ करोड खर्चमा सार्क सम्मेलन सम्पन्न भएको छ’ उनले भने, ‘अन्य शीर्षक चलाउनु नपरोस भनेर विनियोजितभन्दा बढी चाहिने बजेट मन्त्रालयको शीर्षक अन्तर्गतबाटै खर्च लगाइएको हो ।
कान्तिपुर दैनिकबाट