
काठमाण्डु, ११ पुस– नेपाल प्रेस युनियनले ब्रेन ट्युमरको शल्यक्रियापछि थप उपचारका लगि भारतको नयाँदिल्लीमा रहेका पत्रकार सूर्यकुमार क्षेत्रीको उपचारमा सहयोग गर्न सार्वजनिक अपिल गरेको छ ।
क्षेत्रीको उपचारमा सहयोग पु¥याउने उद्देश्यले युनियनले राष्ट्रिय वाणिज्य बैँक, सिंहदरबार शाखामा ‘सूर्यकुमार क्षेत्री उपचार सहयोग कोष’ खाता सञ्चालनमा ल्याएको छ । काठमाण्डु टुडेडटकमका पूर्वसहकर्मीसमेत रहेका क्षेत्री नेपाल प्रेस युनियनका सचिव छन् ।
शल्यक्रियापछि चिकित्सकको परामर्शअनुसार उनी हाल नयाँदिल्लीस्थित बीएलके अस्पतालमा उपचारका लागि भर्ना भएका छन् ।
सामान्य खर्चबाट धान्न नसकिने उपचारमा रहेका कारण क्षेत्रीको उपचारका लागि आर्थिक सहयोग जुटाउन लागिएको युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिए ।