काठमाण्डु, ९ पुस– भारतबाट मात्र दैनिक करिब दुई करोड रुपैयाँको तरकारी आयात हुने गरेको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्ला चार महिनामा भारतबाट मात्रै २ अर्ब २७ करोड रुपैयाँको तरकारी आयात भएको छ ।
तथ्यांकअनुसार महिनाको ५६ करोड रुपैयाँको आयात भएको देखिन्छ । यो रकम दैनिक भने १ करोड ८६ लाख हुन आउँछ । यो तथ्यांक अघिल्लो वर्षको यही अवधिको तुलनामा ४ दशमलव २ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७०÷७१ को पहिलो चार महिनामा २ अर्ब १८ करोड रुपैयाँको तरकारी आयात भएको थियो ।
२ अर्ब २७ करोड रुपैयाँको आयात गरेर मुलुकले साढे १७ करोड रुपैयाको तरकारी सोही अवधिमा निर्यात गरेको छ । अयातको अवस्था हेर्दा तरकारीमा परनिर्भरता बढ्दै गएको देखाउँछ ।
भारतसँगै चीनको समेत जोड्ने हो भने तरकारी आयातमा दैनिक २ करोडभन्दा बढी बाहिरिएको जानकारहरु बताउँछन् ।
कान्तिपुर दैनिकबाट