
एजेन्सी–नायाँ–नायाँ बिज्ञान प्रबिधिको आविस्कार भइरहेकाबेला एउटा त्यस्तै अचम्म लाग्दो खबर बाहिर आएको छ ।
केहि अन्तरिक्ष यान, केहि कार त केहि लडाकु बिमान जस्तो देखिने यो चर्चा हो कारको ।
चर्चा हो ब्लडहाउँड सुपरसोनिक कारको, जसको गति आफैमा पत्यारलाग्दो छैन । यदि सबैकुरा इन्जिनियरले सोचे अनुसार भए यस कारको गति करीब १६०० किलोमीटर प्रती घण्टा रहेको छ ।
यस कारलाई २०१५ सम्ममा गुडाउन मिल्ने गरी प्रंदर्शन गर्ने योजना रहेको बताइएको छ । ब्लडहाउँड प्रोजेक्ट चिफका इन्जिनियर मार्क चैपमेनका अनुसार कारमा तिन वटा इन्जिन रहने छ जसमध्य एउटा रेसिङ कारको इन्जिन हो ।