एजेन्सी, ८ पुस– नाइजेरियाको रेडक्रसले त्यहाँको एक बस पार्कमा भएको बम बिस्फोटमा परेर कम्तीमा २० जनाको मृत्यु भएको जनाएको छ ।
नाइजेरियाको उत्तरपूर्वी सहर गोबमा एक बसको नजिकै बम राखिएको थियो जहाँ यात्रुहरु बसमा चढिरहेका थिए । रेडक्रसका एक अधिकारीका अनुसार वरदात भन्ने ठाउँ नजिकै मान्छेका शरीरका टुक्रा छरिएका थिए ।
अक्टोबरमा सहरमा तीन वटा बिस्फोट भएका थिए । जसको आरोप इस्लामिक समूह बोको हरामलाई लगाइएको छ । नाइजेरियामा फेबु्रअरीमा चुनाव हुँदैछ, त्यसभन्दा पहिले सुरक्षाको स्थितिको लिएर उसले चिन्ता व्यक्त गरिरहेको छ ।
विश्लेषकहरुले उत्तरपूर्वको ठूलो भागमा मतदान गराउन असम्भव हुनसक्ने बताएका छन् ।