भैंसी मार्न सेना परिचालन !

काठमाण्डु टुडे २०७१ पुष ८ गते ३:०६ मा प्रकाशित

काठमाडु, ८ पुस–कोसीटाप्पु वन्यजन्तु आरक्षभित्र भैंसी आतंक भच्चिएको छ । आरक्ष क्षेत्रभित्र जथाभावी छाडिएका हजारौं भैंसीका कारण निकुञ्ज प्रशासन र स्थानीय दुवै पक्ष तनावमा छन् ।

bhaisi

आरक्ष स्थापना भएदेखि नै छोड्न सुरु गरिएका भैंसी स्थानीय बासिन्दाले निकाल्न नमानेपछि प्रशासनले गोली हानेर १० भन्दा बढी भैंसी मारिदिएको छ । स्रोतका अनुसार पटकपटकको आग्रह स्थानीय बासिन्दाले नमानेपछि सेना प्रयोग गरिएको हो ।

आरक्षका प्रमुख संरक्षक अधिकृत अणनाथ बरालले सम्झाउँदा पनि भैंसी निकाल्न नमानेपछि कारबाही जारी रहेको बताए । उनले भने, ‘अहिलेसम्म ६ हजार भैंसी निकालिएको छ । अरु निकाल्ने क्रम जारी छ ।’

आरक्ष प्रशासनले त्यहाँ करिब ९ हजार भैंसी रहेको अनुमान गरेको छ । भैंसी बाहिर निकाल्न यसअघि थुप्रै प्रयास असफल भएका थिए ।
अर्ना ‘जंगली भैंसी’ का लागि प्रसिद्ध यो आरक्षमा घरपालुवा भैंसी प्रवेश गरेपछि संरषण अभियान समेत प्रभावित भएको छ । हाल त्यहाँ ३ सय २७ अर्ना छन् ।

प्रशासनले भैंसी मारिदिएपछि स्थानीय बासिन्दा भने आक्रोशित छन् । भैंसी मारिएको विवाद राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसम्म आइपुगेको छ ।

आरषमा भारतबाट समेत भैंसी ल्याएर छोड्ने चलन छ । चरणका लागि छोडिएका भैंसी नब्याएसम्म लिन आउने चलन छैन ।

अन्नपूर्णपोस्ट दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us