प्लाष्टिकमा पोको पारेर फालेको अवस्थामा जुम्ल्याहा शिशु भेटिए (फोटोसहित)

काठमाण्डु टुडे २०७१ पुष ७ गते ११:२४ मा प्रकाशित

काठमाण्डु, ६ पुस– काठमाण्डुको बूढानिलकण्ठमा दुई नवजात शिशु बेवारिसे अवस्थामा फेला परेका छन् ।

हालै  घोषणा गरिएको बुढानिलकण्ठ नगरपालिका–७ इटालीटारमा प्लाष्टिकमा पोको पारेर फालेको अवस्थामा शिशु फेला परेका हुन् । शिशु पालिस्टिकको जेब्रो झोलामा सडक छेउ फालिएको अवस्थामा फेला परेका छन् ।

_MG_3219

प्रहरी सहायक निरीक्षक रामकुमार राई नेतृत्वको टोलीले उद्दार गरी कान्ति बाल अस्पताल पु¥याएको छ । महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठका निरीक्षक होमबहादुर पराजुलीका अनुसार दुवै शिशुको अवस्था सामान्य छ ।

पराजुलीका अनुसार बीच सडकमा फालिएका शिशुबारे स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

_MG_3212

प्रहरीले बच्चा कसले किन फालेको हो भन्ने थाहा नभएको बताएको छ । पराजुलीले त्यस सम्बन्धमा थप छानबिन भइरहेको काठमाण्डु टुडेलाई बताए ।

कान्ति बाल अस्पतालका प्रशासन प्रमुख रमेशनरसिंह केसीले यी बच्चाहरु दुवै बालकहरु भएको बताए । ‘अहिलेसम्म यी बच्चाहरु धर्मपुत्रका रुपमा लिन थुप्रै यहाँ आइसकेका छन्, तर हामीले उनीहरुको उपचारको सबै प्रक्रिया नपुगी कसैलाई दिँदैनौं ।’

_MG_3205
उपचार सकिएपछि शिशुहरुको उद्धार गर्ने र पालन पोषण गर्ने कुनै संस्थाहरुलाई जिम्मा दिइने पनि केसीले काठमाण्डु टुडेलाई बताए ।

_MG_3210

तस्विर : राज श्रेष्ठ/काठमाण्डु टुडे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us