दुई सय बहत्तरलाई नागरिकता बितरण

काठमाण्डु टुडे २०७१ पुष ६ गते ५:२७ मा प्रकाशित

कञ्चनपुर, ६ पुस–नेपाल राष्ट्रिय समाजकल्याण सङ्घको संयोजनमा कञ्चनपुरको रैकवार विचवा गाविसको वीणा माविमा सञ्चालन भएको एकीकृत घुम्ती शिविरमा  जिल्ला प्रशासन कार्यालयले दुई सय ७२ जनालाई नागरिकता प्रदान गरेको छ । जसमाएक सय ३९ महिला र एक सय ३३ पुरुष छन् ।

images

यसैगरी जिल्ला निर्वाचन कार्यालयले तिन सय १५ जनालाई तस्बिरसहितको मतदाता परिचयपत्र वितरण गरेको छ । जिसमा एक सय ५९ महिला र एक सय ५६ पुरुष  छन् । शिविरमा रैकवार विचवा, वाइसेविचवा र कृष्णपुर गाविसका बासिन्दाले सेवा लिएका थिए ।
आर्थिक अभावका कारण सदरमुकाम भीमदत्तनगर आउन नसक्ने सर्वसाधारणले गाउँमै सबै सेवा पाउँदा खुसी व्यक्त गरेको मतदाता नामावली दर्ता शिक्षा तथा नागरिकता प्रमाणपत्र सहयोग कार्यक्रम संयोजक रितु पालले जानकारी दिइन् ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us