एजेन्सी–इन्डोनेसियाको जाभा द्वीपको मध्य भागमा पर्ने बाङ्जानेगारा जिल्लामा पहिरो गएको तेस्रो दिनमा मर्ने व्यक्तिको सङ्ख्या ३९ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।
अबिरल वर्षापछि गत शुक्रबार अबेर राति गएको यस पहिरोमा परी ३९ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ६९ हराइरहेका राष्ट्रिय प्रकोप व्यवस्थान निकायका प्रवक्ता सुतोपो पुर्वो नुङ्रोहोले बताएका छन् ।
नुङ्रोहोका अनुसार पहाडी क्षेत्रमा पर्ने यस इलाकामा गएको यस पहिरोमा परी ३९ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ६९ जना अझै बेपत्ता रहेका छन् ।
यस प्रकोपको क्रममा १५ जना व्यक्तिहरु गम्भीर घाइते भएका र ती मध्ये अन्य ११ जनाको अवस्था गम्भीर रहेको र पहिरो प्रभावित यस क्षेत्रबाट ५७७ व्यक्तिलाई अस्थाई शरणार्थी स्थलमा विस्थापित गरिएको बताइएको छ ।
एक हजार भन्दा बढीको सङ्ख्यामा रहेका सैनिक, प्रहरी, स्थानीय र उद्धार अधिकारीहरुको सहयोगमा जारी यस उद्धारकार्यमा कयौं व्यक्तिहको अझै पनि उद्धारकार्य जारी रहेको बताइएको छ ।