
विराटनगर, २८ मंसिर–सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले मोरङ्गको रङ्गेलिस्थित रङ्गेली अस्पतालको बहिरङ्ग विभागका लागि नवनिर्मित भवनको आइतबार एक समारोहबीच उद्घाटन गरेका छन् ।
पाँच करोड दुई लाखको लागतमा निर्माण भएको सो भवनको निर्माणकार्य विस २०६३ असारमा सुरु भई विस २०७० साल फागुनमा सम्पन्न भएको हो ।
सो अवसरमा मन्त्री रिजालले मोरङको पुरानो सदरमुकाम रङ्गेलीको विकास कार्यमा तीब्रता ल्याउन आवश्यक रहेको र यस कार्यका लागि जागरुक हुन स्थानीयलाई आह्वान गरे ।
उहाँले हरेक क्षेत्रमा राजनीतिको प्रभाव देखिनु राम्रो नभएकोे चर्चा गर्दे विकास निर्माणको कार्यमा राजनीति नगरी एकजुट भएर लाग्न आग्रह गर्नुभयो ।
निर्धारित समय मै संविधान निर्माणको सम्भावना बढ्दै गएपछि अन्तर्राष्ट्रिय जगतले नेपालको विकासका लागि सहयोग गर्न अग्रसर भएको उल्लेख गर्दे मन्त्री रिजालले उर्जा सङ्कटको समाधानका लागि दुई हजार मेगावाटको विद्युत उत्पादनका लागि हालै सम्झौता भएको बताए । रासस