देशभरि हिमपात र वर्षा, जनजीवन कष्टकर

काठमाण्डु टुडे २०७१ मंसिर २८ गते १२:१६ मा प्रकाशित

काठमाण्डु, २८ मंसिर– पश्चिमी वायु र अरब सागरको पश्चिमी जलवायुको प्रभावले देशका अधिकांश स्थानमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमापात भएको छ ।

5

झरी र हिमपातका कारण शनिबार रातिदेखि मौसमले कोल्टे फेरेको छ । जसका कारण मानिसहरु राजधानी, मधेस, पहाड हुँदै हिमाली क्षेत्रमा पनि अत्यन्त चिसोको प्रभावमा परेका छन् ।

अरब सागरको पश्चिमी जलवायु नेपालमा सोमबारसम्म रहने हुनाले सोमबार पछि मात्र चिसो अलिक कम हुने मौसमविदहरुले जनाएका छन् ।

चिसो हावा पश्चिम देखि पूर्वतर्फ गइरहेकाले झरी पनि पश्चिमबाट पूर्वतर्फ गइरहेको मौसमविदको भनाइ छ । यसै क्रममा मौसम पुर्वानुमान शाखाले सबैभन्दा धेरै झरी जुम्लामा भएको जनाएको छ ।

उपेन्द्र भने– ‘मधेसका लागि न्यानो लुगा र आगो व्यवस्था गर’

यसैबीच मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तराईमा अचानक बढेको चिसोबाट स्थानीय जनतालाई जोगाउन न्यानो लुगा, आगो ताप्ने दाउरा र प्रभावित क्षेत्रमा औषधी उपचारको व्यवस्था गर्न स्थानीय प्रहरी–प्रशासनसँग माग गरेका छन् ।
उनले चिसोबाट तराईको जनजीवन प्रभावित भइसकेकाले सरकारी निकायसँग औपचारिक अनुरोध गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us