सन् २०१५ मा साइबर आक्रमण बढ्ने

काठमाण्डु टुडे २०७१ मंसिर २४ गते २:१५ मा प्रकाशित

वसिंटन, २४ मंसिर– सन् २०१५ मा साइबर आक्रमण अझै नराम्रो हुने नेटवर्क सुरक्षा अनुसन्धानकर्ताहरुले मंगलबार बताएका छन् । यो वर्ष शृंखलाबद्ध रुपमा साइबर आक्रमणको विषय बनेकै छ ।

उनीहरुले आउँदो वर्ष ह्याकरहरुले अरुको नेटवर्कमा प्रवेश गर्न अझै उन्नत प्रविधिको प्रयोग गर्ने बताएका छन् ।

म्याक्याफी ल्याबको २०१५ को चुनौति प्रक्षेपण प्रतिवेदनमा साइबर युद्ध तथा गुप्तचरी बढ्ने र ह्याकरहरुले आफ्ना गतिविधि लुकाउन तथा संवेदनशील तथ्यांक चोर्न नयाँ रणनीति अप्नाउने दाबी गरिएको छ ।

सूचना जम्मा गर्नेहरुले प्रमुख भूमिका खेले पनि नयाँहरुले पैसा चोर्ने र पक्राउ गर्ने प्रयासलाई असफल पार्न खोज्ने प्रतिवेदनमा उल्लेख गरेको छन् ।

कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us