कसले भत्काउने भो उपत्यकामा भर्खरै पिच गरिएको ६ सय किमी सडक ?

काठमाण्डु टुडे २०७१ मंसिर १९ गते २:३० मा प्रकाशित

sadakकाठमाण्डु, १९ मंसिर– मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउन चक्रपथभित्र ६ किलोमिटर सडक भत्काउने भएको छ ।

भत्काइने सडकको अधिकांश भाग भर्खर मात्रै कालोपत्रे भएका छन् । मेलम्ची खानेपानी आयोजना– २ अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयका वरिष्ठ इन्जिनियर लीलाप्रसाद ढकालले पाइप बिछ्याउन सडक खन्न लागिएको बताए ।

भर्खरै कालोपत्रे गरिएको भए पनि सडक भत्काउनुको विकल्प आफूहरुसँग नभएको उनको भनाइ छ । ‘चक्रपथभित्र ६ सय किलोमिटर पाइप बिछ्याउन ठेक्का लागिसकेको छ ।

केही स्थानमा काम सुरु भइसकेको छ, केही हुन बाँकी छ ।’ अबको केही दिनभित्र सबै स्थानमा काम सुरु हुन्छ ।

यसक्रममा कतिपय स्थानमा कालोपत्रे सडक भत्काउनै पर्ने हुन्छ । हामीसँग त्यसको बिकल्प छैन’, ढकालले भने ,‘विकास निर्माणका क्रममा केही असुविधा हुन्छ , त्यसलाई स्वभाविक मान्नुपर्छ ।’
नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us