दक्षिण कोरियाको डुङ्गा दुर्घटनामा एघारको मृत्यु

काठमाण्डु टुडे २०७१ मंसिर १७ गते ९:३९ मा प्रकाशित

सोल, १७ मङ्सिर । दक्षिण कोरियाको बेरिङ्ग समुद्रमा एक माछामार्ने डुङ्गा डुब्दा भएको दुर्घटनामा मर्ने व्यक्तिको सङ्ख्या ११ पुगेको छ ।
Boat
बुधबार १० व्यक्तिको थप शव फेला परेपछि सो सङ्ख्या ११ पुगेका दक्षिण कोरियाका विदेशमन्त्रीले बताएका छन् ।

तीन दक्षिण कोरियाली, एक फिलिपिनो, छ इन्डोनेसियालीसहित १० व्यक्तिको शव बुधबार बिहान स्थानीय समयाअनुसार बिहान ११ः५० बजे फेला परेको जनाइएको छ ।

सो डुङ्गामा ११ जना दक्षिण कोरियाली, ३५ जना इन्डोनेसियाली र १३ फिलिपिनो नागरिक सवार रहेका थिए ।

सो दुर्घटनामा ११ व्यक्तिको मृत्यु हुनुको साथै ४२ जना बेपत्ता रहेका बुधबार पुष्टि भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us