अफगानिस्तानको झडपमा छ सैनिकसहित सातको मृत्यु

काठमाण्डु टुडे २०७१ मंसिर १६ गते १२:४२ मा प्रकाशित

अफगानिस्तान, १६ मंसिर– अफगानिस्तानको वाद्घिस प्रान्तको बालामिर्घाब जिल्लामा सोमबार राति भएको झडपमा छ सैनिकसहित सात व्यक्तिको मृत्यु भएको समाचार छ । यस झडपको क्रममा छ सैनिक र एक विद्रोहीको पनि मृत्यु भएको वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

Afganistan_050408
गएराति बालामिर्घाब जिल्लाको जोइगञ्ज गाउँमा अफगान राष्ट्रिय सेनाको जाँच चौकीमा तालिवान विद्रोही समूहले गरेको आक्रमणमा छ सैनिकको मृत्यु भएको हो ।
सो आक्रमणको क्रममा केही सैनिकले भागेर ज्यान बचाएका समाचारमा बताइएको छ । यस आक्रमणको तालिवान समूहले जिम्मा लिएको छ ।
यस वर्षको अन्त्यसम्ममा अफगानिस्तानमा रहेका नेटोसँग आबद्ध प्रायः सैनिक फर्किसक्ने नेटोआबद्ध सवै देशहरूले निर्णय गरिसकेका हुनाले अफगानिस्तानमा सुरक्षाको जिम्मा अफगान सैनिकमा नै आएको छ ।

पछिल्लो समयमा तालिवानहरूले पनि अफगानिस्तानका विभिन्न स्थानमा सुरक्षाकर्मी र सरकारी अधिकारीहरुलाई लक्ष्यगरी आक्रमणलाई तीव्र पारेका छन् ।
रासस÷सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us