इराकको राष्ट्रिय सेनामा ५० हजार ‘भुत’ सैनिक ?

काठमाण्डु टुडे २०७१ मंसिर १६ गते ३:०३ मा प्रकाशित

iraq armyएजेन्सी- इराकको राष्ट्रिय सेनामा ५० हजार ‘भुत’ सैनिक रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

समाचारमा जनाइएअनुसार युद्धका क्रममा दोहोरो भिडन्तमा पेरर मरेका वा सेवा छोडेकाहरुलाई त्यहाँ ‘भुत’ सैनिक भन्ने गरिएको छ ।

उनीहरु मरिसकेर पनि कार्यरत रहेर त्यसो भनिएको भने होइन । सीमित सैनिक अधिकारीहरुले मर्नेहरुको विवरण लुकाएर उनीहरुका नाममा आउने तलब भत्ता बाँडेर खाने गरेका छन् ।

एएफपीका अनुसार सरकारले तलब पठाइरहेको छ र सैनिक अधिकारीहरुले त्यो पैसा आफैं बुझिरहेका छन् ।

यसैबीच प्रधानमन्त्री हैदर अल अबादीका प्रवक्ता रफिद जबुरीले ‘भुत’ सैनिकका विषयमा जानकारी लिने काम सुरु भएको बताए । इस्लामी स्टेटसँगको लडाईंमा इराकी सेना कमजोर हुनुको कारण ‘भुत’ सैनिक प्रमुख कारण रहेको समाचारमा छ  ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us