नेपालले गाई माग्दा किन दियो चीनले भैंसी ?

काठमाण्डु टुडे २०७१ मंसिर १६ गते २:२६ मा प्रकाशित

काठमाण्डु १६ मंसिर–चीनसँग उन्नत नश्लका बाच्छी दिन प्रस्ताव गरेको कृषि विकास मन्त्रालयलाई चिनियाँ अधिकारीले भैंसी लैजान प्रस्ताव गरेका छन् ।

कृषि विकासमन्त्री हरिकृष्ण पराजुलीसँग सोमबार वार्त गर्ने सिंहदरवार पुगेको चिनियाँ टोलीले आफ्नो प्रान्तमा गाईको नश्ल नभएकाले भैंसी चाहे दिन सकिने बताएको छ ।

वार्तामा सहभागी एक अधिकारीका अनुसार ग्वान्झोउ प्रान्तका उपप्रमुखसहितको टोलीले त्यस्तो प्रस्ताव गरेको हो । ‘हामीले उन्नत नश्लका १० हजार गाईका बाच्छा माग्यौं । चिनियाँ टोलीले आफ्नो प्रान्तमा गाई नभएकाले भैंसी दिन सकिने बतायो’, ती अधिकारीले भने ।

उक्त टोलीले नेपालमा मागे उखु, रेशम, वर्णसंकर धानका उन्नत जातसमेत दिन सकिने आश्वासन दिएको थियो ।

कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us