तीन वर्षपछि समातिए मोस्ट वान्टेड

काठमाण्डु टुडे २०७१ मंसिर १६ गते २:१३ मा प्रकाशित

काठमाण्डु, १६ मंसिर–क्यासिनोको लतमा आफू कार्यरत बैंकलाई नै करिब ६ करोड ठगेर फरार भएका अनिशभक्त सुवाल तीन वर्षपछि समातिएका छन् । हिमालयन बैंकको कार्ड सेन्टरका तत्कालिन प्रमुख सुवालले बैंकले थाहा नपाउने गरी एटिएमबाट पैसा निकालेर ठगेका थिए ।

गोप्य रुपमा सुवालले ५ करोठ ७५ लाख ४८ हजार २ सय ५० रुपैयाँ ठगि गरेको प्रहरीले जनाएको छ । करिब तीन वर्षसम्म गुपचुप राखेर उनले ठगी गरेका थिए ।

बैंकले पत्ता पाएपछि उनी भारत भागेका थिए । महानगरीय प्रहरी अपराध महाशखाले उनलाई आइतबार पक्राउ गरेको हो ।
सुवाल २८ भदौ ०६९ मा भागेका थिए । उनी भागेपछि बैंकले प्रहरीमा निवेदन दिएको थियो । तीन वर्षसम्म मस्ट वान्टेडको सूचीमा रहेका सुवाललाई नेपालगञ्जबाट पक्राउ गरिएको अपराध महाशाखाका एसएसपी पुष्कर कार्कीले बताए ।

नयाँ पत्रिका दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us