अख्तियारको सक्रियतापछि कर्मचारी भागाभाग

काठमाण्डु टुडे २०७१ मंसिर १६ गते २:०० मा प्रकाशित

सुनसरी, १६ मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्वाञ्चल क्षेत्रीय कार्यलयले पूर्वाञ्चलका जिल्ला शिक्षा कार्यालयलाई सबै शिक्षकको प्रमाणपत्र बुझाउन भनेपछि कर्मचारीहरुको भागाभाग भएको छ ।

पूर्वाञ्चलका १६ वटै जिल्ला शिक्षा कार्यालयलाई परिपत्र गर्दै समपूर्ण शिक्षकको सर्टिफिकेट नक्कली हो या सक्कली प्रमाणित गरेर पठाउने निर्देशन जारी गरेपछि यस्तो अवस्था आएको हो ।  कतिपय जिल्लामा त कारबाहीमा परिने त्रासले शैक्षिक अवकाश लिनसमेत थालेका छन् ।

अख्तियारले शिक्षा कार्यालयमार्फत सम्पूर्ण शिक्षकको डकुमेन्ट मागेपटि राजीनामा दिनेको दलर्काे नै लाग्न थालेको छ ।

अख्तियारले उजुरीका आधारमा विशेष गरेर शिक्षा, स्वास्थ्य, वन, स्थानीय निकाय, र भूमि सुधार कार्यालयका कर्मचारीको शैक्षिक प्रमाणपत्र छानविनमा जोड दिएको छ ।

राजधानी दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us