लौ हेर्नुस्, कसरी बिग्रिए माओवादी ? (फोटोफिचरसहित)

काठमाण्डु टुडे २०७१ मंसिर १५ गते ३:३६ मा प्रकाशित

sandeep 3काठमाण्डु, १५ मंसिर– एकीकृत माओवादीमा १० वर्षे सशस्त्र जनयुद्धका बेला दुई रुपैयाँको सिन्दुरमा बिहे सकाउने नेता–कार्यकर्ता धेरै छन् ।

नयाँ जनवादी सत्तासँगै नयाँ जनवादी संस्कृतिको विकास गर्ने भन्दै माओवादीले जनवादी विवाहलाई पार्टीभित्र मात्र प्रत्साहित गरेनन् आफ्नो प्रभाव क्षेत्रहरुमा सर्वसाधारणलाई समेत कम खर्चमा बिहे गराए ।

सामन्ती संस्कृति अनुसरण गरेको भन्दै माओवादी कार्यकर्ताले सशस्त्र जनयुद्धका बेला कसैले बिहेमा बाजा बजायो भने जनसत्ता मार्फत जरिवाना लगाउँथे । धेरै ठाउँमा बिहेको बजाइएको सनै र दमाहा फोरिदिएका घटना छन् । बिहेमा कसैले बढी दाइजो दियो र तडकभडक देखाएर भोजभतेर गर्‍यो भने ठाडै जनसत्ताको जरिवानामा पथ्र्यो ।
top bahadurतर अहिले समय फेरिएको छ । माओवादीहरु गाउँबाट सहर आएका छन् ।

नयाँ संस्कृतिको विकास गर्ने भन्दै जनतालाई कारबाहीको डण्डा लगाउने माओवादी नेताका छोराछोरी तथा उनका आसेपासेका बिहे हेर्ने हो भने गिब्रो टोक्नुपर्ने हुन्छ । त्यति मात्र होइन माओवादीले नै ‘सुकिला मुकिला’ भन्दै आएका सहरका सम्भ्रान्तहरुलाई लाज लाग्छ र उनीहरु आफूले त्यत्तिको ‘देखाउन नसक्ने’ भन्दै भुतुक्कै हुन्छन् ।

केही दिनअघि माओवादी नेता टोपबहादुर रायमाझीका छोरा सन्दिपको त्यस्तै बिहे भएको छ । भक्तपुरको कौशलटार बैंक्वेटमा भएको बिहेमा पैसाको खोलो बग्यो । दुलहीले शरीरले धान्नै गाह्रो पर्ने गरी गहना लगाएकी थिइन् । दुलाहाको गलाभरि भारतीय रुपैयाँको माला थियो ।

san deep 3जन्तीमा आउनेलाई रुची अनुसारको महंगो परिकारको व्यवस्था थियो । समग्रमा क्रान्तिकारी नेताका छोराको बिहे तडकभडकपूर्ण थियो । बिहेमा अध्यक्ष पुष्पकमल दाहाल, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठसहित कोही पनि नेतालाई बोलाइएको थिएन ।

रायमाझी निकट माओवादीका सीमित कार्यकर्ता मात्र जन्ती गएका थिए । हजारको संख्यामा रहेका जन्ती सबै रायमाझीको आफन्त र पार्टीबाहिरका साथीभाई थिए । रायमाझी पुत्रको तडकभडकपूर्ण बिहेलाई लिएर एमाओवादीभित्र चर्को आलोचना भएको छ ।

sandeep 2पेशाले इन्जिनियर रायमाझी माओवादीभित्र पहिल्यैदेखि ‘हुने खाने’ भित्रै पर्छन् । उनको पैसाको जोहो कसरी गरे त्यो दोश्रो विषय हुन सक्छ ।

तर तिनै रायमाझीले हिजोका दिनमा जनवादी संस्कृतिका नाममा कति कार्यकर्ताको रु २ मा विवाह सकाएका होलान् ? कि हिजो आफूले ‘जनवादी संस्कृतिको विकास गर्ने’ भन्दै गाउँगाउँमा जनतामाथि गरिएका हर्कतप्रति माफी माग्नुपर्‍यो । त्यो नगरी आफूलेचाहिं ‘सामन्ती’ संस्कृतिको पनि पराकाष्ठा नाघ्न पाइन्छ कमरेड ?

sandeep

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us