
काठमाण्डु, १५ मंसिर–सार्क सम्मेलनका बेला सडक छेउछाउमा रोपिएका फूल तथा बिरुवा कुल्चँदै जथावाभी सडक पार गर्ने एक सय ८७ जना प्रहरी कारबाहीमा परेका छन् । प्रहरीले जेब्रा क्रसिङ्को बेवास्था गर्दै बाटो काट्नेलाई पक्राउ गरी आगामी दिनमा गल्ती नगर्ने कागज गराएर छाडेको छ ।
महानगरीय प्रहरी वृत्त बानेश्वरले बानेश्वर, तीनकुने, बबरमहल क्षेत्रबाट जथावाभी बाटो काट्नेलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा अधिकांश कलेजका विद्यार्थी र कार्यलय जााने कर्मचारी थिए । ‘शिक्षितहरुले नै जथाभावी बाटो काटेको पाइयो’, वृत्तका यिएसपी रमेश तामाङले भने, ‘मानिसहरुको व्यवहार परिवर्तन गराउन हामी यो अभियान निरन्तर चलाउने छौं ।’
नागरिक दैनिकबाट