विद्यालयलाई जग्गा दिएर ओढारको बास

काठमाण्डु टुडे २०७१ मंसिर १४ गते ०:५९ मा प्रकाशित

धादिङ, १४ मंसिर– वरिपरि वनमाराको बाक्लो झाङ । झाङभित्र एउटा नासो ओढार ।

त्यही ओढारमा गोपाल परियारले ६ विगत ६ वर्षदेखि रात बिताउँदै आएका छन् । दिनभरि अर्काको मदजुरी गर्ने गोपालले रात बिताउन भने हरेक दिन सोही ओढारको साहरा लिन्छन् ।

सलाङ–५ निबुवाटारमा रहेको सो ओढार गोपालको आश्रयस्थल बनेको छ । गोपाललाई रात बिताउन त्यही ओढार प्यारो लाग्छ । ‘भन्न त काम गरेको ठाउँमा बस्नछ भन्छन् । चर, चाँडै उठ्नुपर्छ । उनीहरुले हल्लीखल्ली गर्दा निन्द्रा पर्दैन’, उनी भन्छन्, ‘दिनभरि काम गरेकाले ज्यान दुखेको हुन्छ । त्यही भएर ओढारमा आयो, मस्त सुत्यो ।’

५७ वर्षीय गोपाल खाना भने काम गर्ने घरमै खान्छन् । दिनभरि काम गरेबापत ४ सय रुपैयाँ उनको कमाइ हो ।
काम नगरेको दिन त्यही पैसाले खान्छन् । गोपाल पहिला हुने खाने नै थिए ।

गाउँमा उनको जग्गा–जमिन र घरसमेत थियो । आफ्नो बाबुको मृत्युपछि काकाले सम्पत्ति लुटेको उनको आरोप छ । उनले काकासँग मुद्धा लडेर दुई रोपनी जग्गा पनि पाएका थिए ।

उनले सो जग्गामध्ये एक रोपनी स्थानीय पञ्चमुखी प्रावि (हालको मावि) लाई ०३७ तिरै दान गरे । बाँकी जग्गा साहुले हडपेको उनले बताए ।
नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us