
काठमाण्डु, १३ मंसिर–राजस्व अनुसन्धान विभागका उपमहानिर्देशक भरत सुवेदीको गाडीमा अनाधिकृत रुपमा साइरनसहितको रातो बत्ती राखेर चलाएको पाइएको छ ।
सशस्त्र प्रहरीका दुई हतियारधारी गार्डसमेत लिएका उनले कानुनविपरीत आफू चढ्ने गाडीमा रातो बत्ती र साइरन राखेका हुन् ।
स्रोतका अनुसार सुवेदीले विभागका निर्देशक खिमबहादुर कुँवरले चढ्दै आएको बा२झ ८२१ नम्बरको सरकारी गाडीमा त्यस्तो विशेष सुविधा रखेका हुन् ।
दमकल, एम्बुलेन्स, भिआइपी स्कर्टिङ तथा सुरक्षाकर्मीका सवारी साधनमा मात्र साइरन र रातो बत्ती राख्ने कानुनी प्रावधान छ ।
गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता लक्ष्मी ढकालले दमकल, एम्बुलेन्स, भिभिआइपी र भिभिआइपी स्कर्टिङ गाडी तथा सुरक्षा कार्यका सवारी साधन बाहेक अरुमा साइरनसहितको रातो बत्ती राख्नु गैरकानुनी भएको टिप्पणी गरे ।
कान्तिपुर दैनिकबाट