जापानी पत्रकारविरुद्ध मुद्दा आज सुनुवाइ

काठमाण्डु टुडे २०७१ मंसिर ११ गते ६:५३ मा प्रकाशित

काठमाण्डु, ११ मंसिर– एक जना जापानी पत्रकारले दक्षिण कोरियाका राष्ट्रपतिको अपमान हुने गरी गत अगस्त ३ मा आलेख छापेको विरुद्धमा परेको मुद्दाको आज सुनुवाइ सुरु भएको छ ।

सोलको जिल्ला अदालतका प्रवक्ताले सञ्चारकर्मीलाई जानकारी दिएअनुसार जापानको सान्हेइ सिम्बुनका स्थानीय संवाददाता ताचुया कातो आज अदालतमा आफ्ना वकिलहरूसहित उपस्थित भएका र सरकारी पक्षबाट उनीविरुद्ध प्रमाण पेस गरेको छ ।

दक्षिण कोरियामा भएको भीषण जहाज दुर्घटनाको समयताका राष्ट्रपति पार्क गेयुन हाइ सात घन्टासम्म एक जना मानिससँग गफ्फिएर कार्यालयमा अनुपस्थित भएको भनि ती संवादाताले उनको आलोचना गर्दै समाचार सम्प्रेषण गरेका थिए ।

 जापानको सान्केइ सिम्बुनमा प्रकाशित उक्त समाचारले कोरियाली राष्ट्रपतिको उपहास र अपमान गरेको अभियोगमा ती पत्रकारउपर मुद्दा चलाइएको थियो ।

 यस घटनाले दक्षिण कोरियाको प्रेस स्वतन्त्रताउपर प्रश्न चिह्न खडा गरेको छ । पत्रकार जगतले राष्ट्रपति पार्कलाई  सुमार्गमा ल्याउन कोशिस गर्दा उनको सरकार अनुउदार भएको टिप्पणी गरेको छ ।

गत अप्रिलमा भएको जहाज दुर्घटनामा एक विद्यालयका विद्यार्थीसहित तीन सयभन्दा बढी यात्रुको मृत्यु भएको थियो । सरकारी पक्षले अदालतमा दुर्घटना भएको दिन राष्ट्रपति कहाँ थिए भन्ने प्रमाणसमेत पेस गर्ने जनाइएको छ । रासस/एपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us