
चीन, १० मंसिर– चीनको उत्तरपूर्वमा अवस्थित लिआओनिंग प्रान्तमा आज बिहानै एक कोइलाखानीमा भएको आगलागीमा २४ व्यक्तिको मृत्यु भएको छ । राज्यद्वारा सञ्चालित सो लिआओनिंग फुसिन कोल कर्पोरेसनअन्तरर्गतको हेंगदा कोलमा भएको सो आगलागीमा ५२ व्यक्ति घाइते भएका छन् ।
हेंगदा कोल चीनको सो प्रान्तमा ठूलो परिमाणमा कोइला उत्पादन गर्ने उद्योगको रुपमा रहेको छ । यस कोलमा ४ हजार ६ सयभन्दा बढी मजदुरहरू कार्यरत छन् । कम्पनीले सुरक्षा लागि भनी आफ्ना सबै गतिविधि बन्द गरेको छ ।
घाइते भएका सवैलाई उपचारार्थ अस्पताल भर्ना गरिएको कम्पनी स्रोतले जनाएको छ । गतवर्ष पनि फुसिन कोलअन्तरर्गतको एउटा कोइलाखानीमा ग्यास चुहावट हुँदा ८ व्यक्तिको मृत्यु भएको थियो । रासस/सिन्ह्वा