
काठमाण्डु, ९ मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो काठमाण्डुबाहिरको धार्मिक भ्रमण रद्द भएकामा नेपालीसँग माफी मागेका छन् ।
आफ्नो जनकपुर, लुम्बिनी र मुक्तिनाथ भ्रमण रघ भएकामा उनले हात जोडेर माफी मागेका हुन् । भारतीय लगानीमा वीर अस्पताल परिसरमा निर्मित ट्रमा सेन्टर नेपाललाई हस्तान्तरण गर्न मंगलबार आयोजित कार्यक्रममा उनले समय अभावले आफू ती स्थानमा जान नसकेको बताए ।
‘म जनकपुर, लुम्बिनी र मुक्तिनाथ जान चाहन्थें’, मोदीले भने, ‘समय अभावका कारण जान सकिएन, त्यसमा म हात जोडेर माफी माग्न चाहन्छु ।’ उनले समय मिलाएर आफू ती स्थानको भ्रमणमा जाने पनि प्रष्ट्याए ।
मोदीले जनकपुर, लुम्बिनी र मुक्तिनाथ भ्रमण गर्ने तय भए पनि अन्तिम समयमा आएर स्थगित भएको थियो ।