हत्यारालाई २० वर्ष कैद

काठमाण्डु टुडे २०७१ मंसिर ९ गते ११:०४ मा प्रकाशित

इलाम, ९ मंसिर– १० वर्षअघि एक युवकको हत्यामा संलग्न अभियुक्तलाई जिल्ला अदालत इलामले आज २० वर्षको कारावास सजाय सुनाएको छ । जिल्ला न्यायाधीश प्रकाश ढुंगानाको इजलासले इभाङ–४ का मनकुमार राईको हत्यामा संलग्न रहेको अभियोगमा इभाङ–५ का सोमवीर राईलाई यस्तो सजाय सुनाएको हो ।

हत्यामा संलग्न अर्का मुख्य अभियुक्त राजकुमार भनिने उमेश राई अझै फरार छन् ।

वि.सं. २०६१ मंसिर १४ गते मनकुमार राईलाई बाँझोको रक्सेबाट फर्कंदै गर्दा उनीहरुले डोलटार खेलमैदानमा छुरी हानी हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापछि सोमवीर विदेश गएका थिए । एक वर्षअघि विदेशबाट फर्केका राईलाई तत्काल प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us