मोरोक्को, ८ मंसिर– दक्षिणी मोरोक्कोमा आइतबार आएको बाढीमा परी १७ व्यक्तिको मृत्यु भएको समाचार छ ।
भारी वर्षापछि आएको सो बाढीको कारण गेलमिम सहरमा मात्र कम्तीमा १३ को मृत्यु हनुको साथै अन्य पनि १५ व्यक्ति वेपत्ता भएका मोरोक्कोको गृह मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
उद्धार कार्यको क्रममा दुई फ्रेन्च नागरिकसहित २०० भन्दा बढी व्यक्तिलाई वायु सेनाको हेलिकोप्टरबाट सुरक्षित स्थानमा सारिएका बताइएको छ ।
दक्षिणी मोरोक्कोको बोउजाकार्ने सहरनजिकै आइतबार सबेरै एक नदिमा खस्दा तीन व्यक्तिको मृत्यु हुनुको साथै अन्य १२ जना वेपत्ता भएका एक आधिकारीक समाचार समितिले जनाइएको छ ।
स्थानीय सञ्चारमाध्यमहरुकाअनुसार मोरोक्कोको गुलमिम, आगादिर, टिज्निटे, आवार्जाजाटे र मार्राकेसमा गत शुक्रबारबाट सुरु भएको भारी वर्षापछि आएको बाढीहमा कम्तीमा ४० व्यक्ति अझै बेपत्ता रहेका छन् ।
रासस