
खोटाङ, ५ मंसिर– खोटाङको दुरसिंहमा अाज बिहान जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा अरु पाँच जना घाइते भएका छन् । मृतक तीन महिला र दुई पुरुष छन् । मृतकको सनाखत हुने सकेको छैन ।
१ ज ७३२ नम्बारको जिप दुरसिंह गाविसको गौरीभीरबाट खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार हलेसी मन्दिरमा सतबीज छरेर फर्कँंदै गरेका यात्रु सवार जिप दुर्घटना भएको हो ।
दुर्घटनाको कारण खुल्ने सकेको छैन ।