
काठमाण्डु २६ कात्तिक– सरकारले देशको विभिन्ँन स्थानका सार्वजनिक सवारीका ‘छत क्यारियर’ धमाधम निकाल्न थालेको छ । छतभरी यात्रु राखेर चलाउँदा दुर्घटना बढेको भन्दै सरकारले क्यारियर हटाउने अभियान सुरु गरेको हो ।
यातायात व्यवस्था विभागका महानिर्देशक काशीराज दाहालले सवारी तथा यातायात नियमावलीअनुसार गाडीका क्यारियर निकाल्न सुरु गरेको बताए । ‘विगतका दुर्घटना हेर्दा क्षमताभन्दा बढी यात्रु छतभरी राखेर चलाउनु पनि एउटा कारण देखिएको छ’, उनले भने दुर्घटना न्युनीकरण अभियान अन्तर्गत छतको क्यारियर निकाल्ने कामलाई तिव्रता दिएका छौँ ।’
सवारी तथा यातायात नियमावली २०५४ अनुसार लामो दुरीमा चल्ने बसले तोकिएको आकार बाहेक अन्य सवारीमा क्यारियर रााख्न पाइँदैन ।
नागिरक दैनिकबाट