अमेरिकी सिनेट रिपब्लिकनको कब्जामा

काठमाण्डु टुडे २०७१ कार्तिक १९ गते ८:०७ मा प्रकाशित

एजेन्सी, १९ कात्तिक – अमेरिकी  माथिल्लो सदन सिनेटको मध्यावधी निर्वाचनमा रिपब्लिकन पार्टीले जीत हात पारेका छन् । यस निर्वाचनलाई रिपब्लिकनहरुले राष्ट्रपति वाराक ओवामाको शासनका सम्बन्धमा जनमत संग्रहको रुपमा अर्थ्याउँदै चुनावी अभियान चलाएका थिए ।

barack-obama-thinking-sadमंगलबार अबेर आएको मत परिणाम अनुसार अर्कन्सस्, कोलोराडो, इओवा, मोन्टना, नर्थ करोलिना, साउथ डाकोटा र वेष्ट भर्जिनियामा रिपब्लिकनले जीतको झण्डा गाडेको छ । बीबीसीका अनुसार गन्दै गरेको थप स्थानहरुमा पनि जित्ने संभावना छ ।

रिपब्लिकन पार्टीले तल्लो सदनमा पनि बहुमतलाई सुदृढ गर्ने देखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us