अल कायदाद्धारा १० प्रहरीको हत्या

काठमाण्डु टुडे २०७१ कार्तिक १६ गते १२:१० मा प्रकाशित

साना १६ कात्तिक – दक्षिणी यमनको अल होडेडा प्रान्तको जबाल रास जिल्लामाअवस्थित एक प्रहरी चौकीमा शनिबार भएको आक्रमणमा कम्तीमा १० प्रहरीको मृत्यु भएको छ ।

आँधी आएझै गरी आएका अल कायदा आतङ्ककारी समूहले गरेका प्रहरी चौकी आक्रमणमा ती प्रहरीहरु मारिएका बताइएको छ ।

यमनको राजधानी सानादेखि २२६ किलोमिटर पूर्वमा पर्ने जबाल रास जिल्लामा अल कायदा आतङ्ककारीका एक समूहले प्रहरी चौकीमा आक्रमण गर्नुको साथै सो इलाकालाई कब्जा समेत गरेको जनाइएको छ ।

यसैबीच यमनको मध्य प्रान्त इबको रेड सि बन्दरगाहसँग जोडिएको जिल्ला समेत कब्जा गरेको बताइएको छ ।

तेलको धनीराष्ट्र साउदी अरेबियाको सीमामा पर्ने यमनमा अल कायदा आतङ्ककारी विरुद्धको कारबाहीमा अमेरिकासँग आवद्ध हवाई आक्रमण पनि जारी रहने गरेको छ ।

पछिल्लो समयमा यमनमा अल कायदाका लडाकूहरुको प्रभाव बढ्दै गएको बताइएको छ । जसका कारण देशभर सेनाले हवाई कारबाही पनि गर्ने गरेको छ । सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us