हङकङमा प्रहरी र प्रदर्शनकारीबीच झडप

काठमाण्डु टुडे २०७१ कार्तिक २ गते १३:४५ मा प्रकाशित

jhadapकाठमाण्डु, २ कात्तिक– हङकङको मोङकोङ शहरमा प्रर्दशन गर्दै आएका प्रजातन्त्र पक्षधर प्रर्दशनकारी र प्रहरीबीच झडप भएको छ ।

तीन साता यता जारी आनदोलन केही दिनअघि मथ्थर भए पनि शनिबारदेखि पुनः चर्किएको थियो ।  रातैभरि पनि आन्दोलनमा रहेका प्रर्दशनकारी र प्रहरीबिच आमने सामने भिडन्त भएको बीबीसीले जनाएको छ ।
हङकङ सरकारले वार्ताका लागि आह्वान गरेपनि प्रर्दशनकारीले विभिन्न माग गर्दै वार्तामा जान अस्वीकार गर्दै आएका छन् । सन् २०१७ मा हङकङमा हुने आम निर्वाचनमा चीनको हस्तक्षेप हुन नहुने भन्दै उनीहरुले सुरु गरेको आन्दोलनले तेश्रो साता पूरा गरिसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us