तीन दलबीच फेरि कुरा मिलेन

काठमाण्डु टुडे २०७१ कार्तिक १ गते ११:२२ मा प्रकाशित

काठमाण्डु, १ कात्तिक– संविधानका विवादित विषयमा सहमति जुटाउन शनिबार बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठक पनि बिनानिष्कर्ष सकिएको छ ।

काँग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताको बैठकमा राज्य पुनःसंरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीलगायत विषयमा सहमति जुट्न नसकेको हो ।

सिंहदरबारमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले नेता माधवकुमार नेपालले विवादित विषयमा छलफल भए पनि सहमति नभएको बताए ।

विवादमा सहमति जुटाउन एमाओवादीसहित प्रतिपक्षी दल गम्भीर हुनुपर्ने उनको भनाइ थियो ।  एमाओवादी नेता खिमलाल देवकोटाले सहमति प्रयास जारी रहने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us