आजबाट प्रहरीको नयाँ पोशाक

काठमाण्डु टुडे २०७१ असोज ३१ गते ३:०० मा प्रकाशित

काठमाण्डु, ३१ असोज– नेपाल प्रहरीले शुक्रबारदेखि आफ्नो पोसाक परिवर्तन गर्दैछ ।
police_logoजनपद प्रहरीमा चुस्ता (कम्ब्याट ड्रेस) विस्थापन गरी निलो रङको नयाँ पोसाक लागू गर्न लागिएको हो । अहिलेको कम्ब्याट ड्रेस नागरिक मैत्री नभएको र सशस्त्र प्रहरीसँग मिल्दोजुल्दो भएको भन्दै प्रहरी प्रधान कार्यालयले पोसाक परिवर्तन गरेको हो ।

जनतासँग प्रत्यक्ष मिलेर काम गर्नुपर्ने प्रहरीले कम्ब्याट ड्रेस लगाउँदा मैत्रीपूर्णभन्दा त्रासको भावना फैलने भन्दै प्रहरी प्रधान कार्यालयले गत वर्ष नै पोशाक परिवर्तनको निर्णय गरेको थियो । नेपाल प्रहरीमा दुई किसिमका पोसाक प्रयोगमा थिए ।

वर्किङ ड्रेसअन्तर्गत गाडा निलो रङको पोसाक छ भने अपरेसनमा कम्ब्याट ड्रेस प्रयोग हुँदै आएको थियो । वर्किङ ड्रेस अहिलेकै कायम रहने र कम्ब्याट ड्रेस विस्थापन गर्न लागिएको प्रहरी प्रवक्ता डिआर्इजी माधव जोशीले बताए । कम्ब्याट ड्रेस सट्टा सादा निलो रङको पोसाक लागू हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us