जुवाकाे खालबाट २० जना पक्राउ

काठमाण्डु टुडे २०७१ असोज १३ गते ९:३३ मा प्रकाशित

 मोरङ, १३ असाेज –  मोरङ प्रहरीले आइतबार राति लेटाङ ६ विपी चौकस्थित एक होटेलबाट २० जना जुुुवाडेलाई पक्राउ गरेको छ ।

राति साढे ११ बजे जुवा खेलिरहेको सूचना आएपछि इलाका प्रहरी कार्यालय लेटाङ र पथरीबाट खटिएको प्रहरी टोलीले दर्शन होटेल एण्ड लजमा छापामारी जुवा खेल्दै गरेको अबस्थामा २० जनालाई नियन्त्रणमा लिएको डिएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए ।

प्रहरीले जुवाको खालवाट नगद ८५ हजार ३ सय ९५ रुपैयाँ समेत बरामद गरेको छ । यस्तै १६ थान कौडा, जुवाडेहरूले प्रयोग गर्ने १० थान मोटरसाईकल र एउटा कार समेत नियन्त्रणमा लिइएको डिएसपी ढकालले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us