मधेसी नेताका दिमागबाट एक मधेस प्रदेशको नारा हटाइदिएँ: गच्छदार

काठमाण्डु टुडे २०७१ असोज ११ गते ८:२३ मा प्रकाशित

काठमाण्डु, ११ असोज– फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारले आफूले मधेसी नेताको दिमागबाट ‘एक मधेस एक प्रदेश’को नारा हटाइदिएको दाबी गरेका छन् ।

bijay gachchhadar
नयाँ संविधानमा थारु समुदायको मुद्दाबारे छलफल गर्न शनिबार राजधानीमा आयोजित कार्यक्रममा नले मधेसमा दुई प्रदेश हुने बताए ।

‘मैले मधेसी नेताहरुको दिमागबाट एक मधेस प्रदेशको नारा हटाइदिएको छु’, गच्छदारले भने, ‘मधेसमा एक प्रदेश होइन, ‘वीरगञ्जदेखि झापासम्म र चितवनदेखि कञ्चनपुरसम्म दुई वटा प्रदेश बनाउनुपर्छ ।’

उनले मधेसमा दुई प्रदेश बनाउन आफू सक्रिय रहेको खुसाला समेत गरे । गच्चदारले माघ ८ मा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान नआए मुलुक मुठभेडतर्फ जाने बताए । उनले आफू थारुको छोरा भए पनि तराईमा छुट्टै
थारुवान प्रदेश नचाहिने उल्लेख गरे । ‘म मधेसी होइन, थारु हुँ’, उनल े भने, ‘तर थारुवानको नारा लगाउन सक्दिन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us