
एजेन्सी– स्कटल्याण्डका मुख्यमन्त्री एलेक्स साल्मण्डले पदबाट राजीनामा दिएका छन् ।
संयुक्त अधिराज्यबाट स्कटल्याण्ड स्वतन्त्र हुनुपर्छ भन्ने अभियान चलाएका उनले जनमत संग्रहमा पराजय बेहोरेपछि पद छाडेका हुन् ।
स्कटल्याण्डको राजधानी एडीनबरामा बोल्दै उनले आगामी नोभेम्बरमा आफ्नो पार्टी स्कटीस नेशनलिष्टको वार्षिक अधिवेशनका बेला पार्टीबाट राजीनामा दिने र लगत्तै प्रथममन्त्री पद छाड्ने घोषणा गरेका हुन् ।
स्कटल्याण्ड राज्य हुने वा संयुक्त अधिराज्यको एक भागका रुपमा रहने भन्ने विषयमा बिहीबार भएको जनमत संग्रहमा स्वतन्त्र हुनुहुन्न भन्ने पक्षको जित भएको थियो ।
सबै ३२ वटा काउन्सील क्षेत्रबाट प्राप्त मत परिणामअनुसार हुन्न भन्ने पक्षले २० लाख १ हजार ९ सय २६ मत र स्वतन्त्र हुनुपर्छ भन्ने पक्षले १६ लाख १७ हजार ९ सय ८९ मत ल्याएको थियो ।