नाफा कम हुने भएकाले इबोलाको औषधि बनाउँदैनन् औषधि उत्पादक

काठमाण्डु टुडे २०७१ भदौ २८ गते १२:०७ मा प्रकाशित

काठमाण्डु, २८ भदौ–नाफा कम हुने भएका कारण प्राणघातक इबोलाभाइरसविरुद्धको औषधि उत्पादन नभएको विशेषज्ञहरुले बताएका छन् ।

ebolaइबोला आतंक फैलिएको चार दसक बित्दासमेत रोग निवारणका लागि औषधि उत्पादक कम्पनी र वैज्ञानिकले पैसा कम कमाइ हुने भएका कारण कम चासो दिएको उनीहरुको भनाइ छ ।

पछिल्लो समय दक्षिण अफ्रिकी मुलुकमा फैलिएको यो रोगले संसारलाई प्रभावित पार्ने खतरा बढेको छ । सानो क्षेत्रतथा गरिब बजार भएकाले ठूला औषधि उत्पादकका लागि यो रोगको औषधि उत्पादनआफैँमा कम प्राथमिकतामा परेको हो ।

उक्त रोगको उपचारका लागि औषधि वा खोप तयारगर्न दशौँ लाख अमेरिकी डलर खर्च लाग्छ । लन्डन स्कूल अफ हाइजिन तथा ट्रपिकल मेडिसिनकानिर्देशक प्राध्यापक पिटर पियटले हालसम्म पश्चिम अफ्रिकी महामारीको रूपमारहेको इबोलालाई सार्वजनिक स्वास्थ्यको समस्याको रूपमा नलिइएको र कमै देखिनेरोगको रूपमा लिइने गरिएको बताए ।

उनले सन् १९७६ मा इबोला विषाणु पत्तालगाएका थिए । हाल अमेरिकी प्रतिरक्षा मन्त्रालय पेन्टागन प्रमुख कोष प्रदायक भएकालेइबोलाविरुद्धको खोपको खोजी सुरु भएको छ ।

पियटले उक्त रोगका विषयमा औषधि उत्पादक संस्थामा मात्र नभइ सबैतिर कमअभिरुचि देखिएको उल्लेख गरेका छन् । उनले हाल अवस्थामा परिवर्तन भएको र दुईप्रमुख कम्पनी ग्लाक्सोस्मिथक्लाइन तथा जोनसन एन्ड जनसन सब्सिडियरीले यसक्षेत्रमा लगानी गरिरहेको बताए ।

फ्रान्सको पास्चर इन्टिच्युटको भाइरलह्यामर्याजिक फिभर्स रिफरेन्स सेन्टरका सिल्भियन बेइजले गत ४० वर्षमा यसरोगबाट दुई हजारभन्दा कम व्यक्तिको मृत्य भएको जानकारी दिए। उनले अन्यरोगको तुलनामा यस रोगले कमै व्यक्तिको मृत्यु गराएको उल्लेख गरे

उनलेऔद्योगिक मुलुकमा दुई हजार व्यक्तिको मृत्यु भएको भए अवस्था फरक हुने रअफ्रिकाको मध्यभागमा दुई हजार व्यक्तिको मृत्यु भएकाले कसैले पनि ध्याननदिएको बताए। इबोलाको असाधारण घातकताका कारण पनि यो रोग अनुसन्धानका लागिप्रमुख लक्ष्य नबनेको उनले बताए ।

पश्चिम अफ्रिकी मुलुक गिनी, लाइबेरिया, नाइजेरिया र सियरालोनमा यो रोग महामारीको रूपमा फैलिएकाको छ । पश्चिम अफ्रिकामा उत्त, रोगका कारण हालसम्म दुई हजार चार सय मानिसकाेज्यान गइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us