शिक्षकले फेल भएकी छात्रालाई यौन सम्पर्क गर्न दिए पास गरिदिने भनेपछि……..

काठमाण्डु टुडे २०७१ भदौ २६ गते १३:२१ मा प्रकाशित

एजेन्सी– भारतको जवलपुरमा एक प्रोफेसरले परीक्षामा पास गराइदिने भन्दै छात्रासँग यौन सम्पर्क प्रस्ताव राखेका छन् ।

teacher-student
पशुपालन डिप्लोमा महाविद्यायल इमलियामा अध्ययनरत ती छात्राले शिक्षकमाथि आफ्नो मोबाइल फोनमा लगातार यौनजन्य अश्लील कुराकानी गरेको आरोप लगाएकी छन् ।

स्थानीय प्रहरी अधिकारी ईशा पन्तले युवतीले लगाइको आरोप सम्बन्धमा छानबिन भइरहेको बताएकी छन् । युवतीले आफूसँग शिक्षकले गरेको कुराकानीको अडियो रेकर्डसमेत प्रहरीमा बुझाएकी छन् ।
युतवीले सोही विश्वविद्यालयमा अध्यापन गराउने एक शिक्षिकाले पनि ती शिक्षकको इच्छा पुरा गरिदिन दबाब दिएको आरोप लगाएकी छन् । ती शिक्षिकाले प्रोफेसरको इच्छा पूरा गरे भविष्य उज्ज्वल हुने आश्वासन आफूलाई दिने गरेकी छात्राको आरोप छ ।

पहिलो सेमिस्टरमा फेल भए पनि यौन इच्छा पूरा गर्न पाउने आशमा रिटोर्लिङ मार्फत ती शिक्षकले छात्रालाई पास गराइदिएका थिए । तर दोश्रो सेमिस्टरमा आफूले पर्यात्प लेखेको भए पनि यौन इच्छा पूरा गर्ने बहानामा फेल गराइदिएको आरोप उनको छ ।

प्रहरीले ती प्रोफेसरविरुद्ध अदालतमा मुद्धा दायर गरेको छ । छात्रामाथि यौन दुव्र्यवहारको आरोप लागेपछि उनी श्रीमतिका साथ फरार छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us