
एजेन्सी– अमेरिकाका एक बाबुले आफ्ना पाँच सन्तानको हत्या गरी उनीहरुको शरीर अर्को राज्यमा फालिदिएको समाचार छ ।
दक्षिण क्यालिफोर्नियाका एक सन्की बाबुले आफ्नै छोराछोरीको हत्या यसरी गरेका हुन् । उनलाई प्रहरीले पक्राउ गरेको छ । एकदेखि आठ वर्षसम्मका उनका सन्तान गत बुधबार हराएका थिए । मंगलबार दिनभरि खोजी गर्दा उनीहरु अलबामा हाई– वेमा पुरिएको अवस्थामा भेटिएका थिए ।
अलबामा प्रहरी विभागका प्रक्ताले टिमोथी रे जोन्स नाम गरेका ती बाबुमाथि आवश्यक छानवबन भइरहेको बताएका छन् । जोन्सलाई शनिबार प्रहरीले एउटा सुरक्षित चेक पोष्टमा रोकेको थियो ।
लागू औषध सेवन गरी सवारी चलाएको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनले मेथाफेटामिन नामको ड्रग्स लिएको अनुसन्धानमा संलग्न प्रहरीले बताएको छ । उनको सवारी साधनमा प्रहरीले रगतको टाटा देखेको थियो ।
प्रहरीको अनुसन्धानपछि उनलाई दक्षिण क्यालिफोर्नियामा सर्वाधिक खोजी गरिएका व्यक्ति भएको पत्ता लगाएको थियो । उनी बालबच्चालाई लिएर सो राज्यबाट भाग्न खोजेको पनि अनुसन्धानपछि प्रहरीले जनाएको छ ।
लागु औषधको नसामा उनले आफ्नै सन्तानको निर्ममतापूर्वक हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ ।