
काठमाण्डु, २४ भदौ– विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ ले बताए पश्चिम अफ्रिकी मुलुकहरुमा फैलिएको प्राणघातक रोग इबोला भाइरस तीव्र गतिमा फैलिन सक्ने चेतावनी दिएको छ ।
संगठनले खास गरी लाइबेरियामा उक्त रोगको संक्रमण तीव्र गतिमा फैलिइरहेको जनाएको छ । आगामी केही सातामा इबोला संक्रमणका कारण लाइबेरियामा हजारौं मानिस प्रभावित हुन सक्ने अनुमान संगठनको छ ।
उसले इबोला भाइरस नियन्त्रणका लागि अहिले भइरहेका प्रयासहरु प्रभावकारी नदेखिएको भन्दै भयावह अवस्था आउन सक्ने चेतावनी दिएको छ ।
पश्चिम अफ्रिकी मुलुकहरु गिनी, लाइबेरिया, सियरालियोन र नाइजेरियामा इबोला भाइरस संक्रमणका कारण पछिल्लो केही महिनामा मात्र कम्तिमा २ हजार १ सय बढीले ज्यान गुमाइसकेका छन् । जसमा ७९ जना स्वास्थ्यकर्मी छन् ।