२० हजार जोडीले सन्तान जन्माउन पाउँ भन्दै निवेदन हाले

काठमाण्डु टुडे २०७१ भदौ २३ गते ६:१९ मा प्रकाशित

चीन, २३ भदौ  – चीनको राजधानी बेइजिङमा बसोबास गर्ने करिब २० हजार जोडीले दोस्रो सन्तान जन्माउने अनुमति पाएका छन् ।

pregसरकारले गत फेबु्रअरीदेखि परिवार नियोजन सम्बन्धी नीति केही खुकुलो बनाइदिएपछि उक्त अनुमति प्राप्त भएको अधिकारीहरूले जनाएका छन् ।

गत अगस्ट अन्तिम सातासम्ममा २१ हजार दुई सय ४९ जोडीले दोस्रो सन्तानको अनुमतिको माग गर्दै निवेदन दिएको बेइजिङको स्वास्थ्य तथा परिवार नियोजन नियोगले जनाएको छ ।

निवेदन दर्ता गराउने ५६ प्रतिशत महिला ३१ देखि ३५ वर्षका छन् भने पाँच सय ३७ जना ४० वर्षभन्दा माथिका । सरकारले दशकौंअघि लागू भएको एउटा बच्चा जन्माउने नीति गत वर्षदेखि केही खुकुलो गरेको थियो ।
सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us