कमल थापामाथि आफ्नैले लगाए तानाशाहीको आरोप

काठमाण्डु टुडे २०७१ भदौ २२ गते १५:२६ मा प्रकाशित

काठमाण्डु, २२ भदौ– राप्रपा नेपालका वरिष्ठ नेता पद्मसुन्दर लावतीले अध्यक्ष कमल थापाले आफूसँग स्पष्टीकरण मागेकोमा आपत्ति जनाएका छन् ।
lawatiआइतबार एक विज्ञप्ति जारी गर्दै लावतीले आफूसँग स्पष्टीकरण सोधिएकामा ध्यानाकर्षण भएको जनाएका हुन् । पार्टी नेतृत्वको मनोमालिन्य, स्वेच्छाचारी, अवसरवादी र व्यक्तिवादी प्रवृत्तिविरुद्ध आफूहरुले देशव्यापी रुपमा शुद्धीकरण अभियान चलाइरहेको र त्यस क्रममा व्यापक समर्थन बढ्दै गएको दाबी उनको छ ।

उनले शुद्धीकरण अभियानका क्रममा उर्लिएको जनलहरबाट पार्टी नेतृत्वले कारबाहीमाथि कारबाही र स्पष्टीकरणमाथि स्पष्टीकरण सोधेको लावतीले उल्लेख गरेका छन् ।

‘मलाई स्पष्टीकरण माग गरियो भनेर प्रेस जगतमा कथित सूचना सम्प्रेषण गरिनु अरु केही नभएर हतास मानसिकताको उपज मात्र हो’, विज्ञप्तिमा भनिएको छ, ‘पार्टीमा सुधार ल्याउने, पार्टीका संरचनालाई सुदृढ तुल्याउने र पार्टी अध्यक्षको व्यक्तिवादी, अधिनायकवादी कार्यशैली सच्याउने भन्ने राप्रपा नेपालका बहुसंख्या नेता कार्यकर्ताको संगठित अभियान निश्चित पार्टीको बृहत्तर एवम् दूरुगामी हितको पक्षमै छ ।’

डर त्रास र धम्कीको पुरातन कारबाहीले निकाश ननिस्कने भन्दै उनले पार्टी एकताका लागि उदारता, सुझबुझपूर्ण आचरण र समझदारी आवश्यक पर्नेमा अध्यक्ष थापाको ध्यानाकर्षण गराएका छन् । लावतीले पार्टी विभाजन गर्ने कि एकताबद्ध बनाउने भन्ने जिम्मेवारी अध्यक्षकै भएको पनि उल्लेख गरेका छन् ।

rppn

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us